महामारीमा भ्याक्सिनको नाफा होइन मानवीयता हेरौं : प्रधानमन्त्री ओली (भिडिओसहित)

महामारीमा भ्याक्सिनको नाफा होइन मानवीयता हेरौं : प्रधानमन्त्री ओली (भिडिओसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व नै कोरोना महामारीबाट पीडित भइरहेका बेला कोरोना भ्याक्सिनको सुखद समाचारले उत्साहित बनाएको बताएका छन्। 

संयुक्त राष्ट्र संघको ३१ औं विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्याक्सिनले सफलता हात पारिरहँदा विश्वका धनीदेखि गरिब सबैले भ्याक्सिन सहज रुपमा पाउनु पर्ने बताए। 

महामारीले सबैलाई पीडित बनाएको भन्दै उनले भ्याक्सिनको नाफालाई मात्र नहेरी मानवीयताका हिसाबले सबैलाई सस्तो मुल्यमा उपलब्ध गराउन र विश्वलाई नै यो महामारीबाट मुक्ति दिलाउन आवश्यक रहेको बताए।

‘हामी कोरोना भ्याक्सिनलाई उत्साहित छौं। यो खोप विश्वका धनीदेखि गरीब सबैका लागि उपलब्ध हुनुपर्छ। यदी सबैका लागि भ्याक्सिन पुगेन भने विश्व कोरोना महामारीबाट सुरक्षित हुने छैन।’, प्रधानमन्त्री ओलीले भने।

‘अहिले विश्व नै महामारीबाट पीडित छ। यस्तो अवस्थामा जीवन बचाउने भ्याक्सिनलाई फाइदाको साधन बनाइनु हुँदैन। खोप विश्वका सबै मुलुक र त्यहाँका सबै नागरिकलाई सहज रुपमा उपलब्ध हुनु आवश्यक छ।’, सम्बोधनका क्रममा ओलीले अगाडि भने।

जीवन जोगाउन वर्तमान महामारीले विश्व एकताको प्रतिवद्धता खोजेको भन्दै  प्रधानमन्त्री ओलीले थुप्रै पटक यस्ता महामारीको सामना गर्दै मानव जगत अगाडि बढेको बताए। 

उनले कोरोना महामारीविरुद्ध लड्न नेपालले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेको बताए।

सम्बाेधनकाे भिडिओ


Leave a Reply

Your email address will not be published.