सेयर धिताे र रियल स्टेट कर्जामा कडाइ गर्दै राष्ट्र बैंक 

सेयर धिताे र रियल स्टेट कर्जामा कडाइ गर्दै राष्ट्र बैंक 

नेपाल राष्ट्र बैंकले सेयर धिताे र  रियल स्टेट कर्जामा पुनरावलोकन गर्ने भएको छ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेर केही नीतिगत संशोधन गरेको राष्ट्र बैंकले व्यक्तिगत अधिविकर्ष कर्जा, सेयर धितो कर्जा र रियलस्टेट कर्जा सम्बन्धि व्यवस्थापन पुनरावलोकन गर्ने भएको हो।

गभर्नर महाप्रसाद अधिकारीले ‘देशको अर्थतन्त्र र राज्यले चाहेको क्षेत्रमा कर्जा गइरहेको छ कि छैन भनेर राष्ट्र बैंकले हेरिरहेको’ बताए।

कोभिड-१९ का कारण लगानीको वातावरण संकुचन हुँदा बैंक तथा वित्तीय संस्थाले घरजग्गामा कर्जा बढाइरहेका बेला केन्द्रीय बैंकले अंकुश लगाउने तयारी गरेको हो। पछिल्लो पटक सेयर बजारमा पनि  पैसा गएको राष्ट्र बैंकको अनुमान छ। 

राष्ट्र बैंकले कोभिड-१९ संक्रमणबाट अधिक प्रभावित होटल लगायतका पर्यटन व्यवसाय र पशुपंक्षी पालन व्यवसायलाई प्रदान गरिने पुनरकर्जामा थप सहजीकरण गर्ने घोषणा गरेको छ।

राष्ट्र बैंकबाट गरिएको कोभिड–१९ संक्रमणको असर परेका क्षेत्रको विद्यमान अति प्रभावित, मध्यम प्रभावित तथा न्यून प्रभावित वर्गीकरणमा आवश्यकता अनुसार पुनरावलोकन गर्न अध्ययन गरिने भएको छ।


Leave a Reply

Your email address will not be published.

थप समाचार