एफएनसिसिआईले उद्याेगमन्त्रीलाई भन्याे- उद्यमीका सुविधा कार्यान्वयनमा सहजीकरण गरिदिनुपर्‍यो

एफएनसिसिआईले उद्याेगमन्त्रीलाई भन्याे- उद्यमीका सुविधा कार्यान्वयनमा सहजीकरण गरिदिनुपर्‍यो

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) का अध्यक्ष शेखर गोल्छाले साना उद्यमी व्यवसायीका लागि मौद्रिक नीतिमार्फत दिइएका सुविधा कार्यान्वयनमा समन्वय गरिदिन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसँग आग्रह गरेका छन्।

एफएनसिसिआई नवनिर्वाचित पदाधिकारीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गरिएको स्वागत कार्यक्रममा 

गोल्छाले गार्मेन्ट, पश्मिना, गलैंचा लगायतका उद्योगको पुनरूत्थान गरी युवालाई रोजगारी दिनसके प्रतिवर्ष ठूलो परिमलणमा भारततर्फ जाने विप्रेषण समेत रोक्न सकिने बताए। उनले दोहोरो करका कारण स्थानीय तहमा उद्योग व्यवसाय थप समस्या परेको पनि बताए। 

सो अवसरमा महासंघका तर्फबाट अहिलेको संकटमा लगानी ल्याउन र लगानी गर्न चाहनेलाई सहज र सरल तरिकाले लगानी भित्रयाउने वातावरण बनाउनुपर्ने, निर्यात प्रवद्र्धनका लागि विशेष प्याकेज आउनुपर्ने, साना तथा मझौला व्यवसायको दर्ता प्रक्रियामा निकै धेरै समस्या रहेकाले कुनै एक निकायमा दर्ता भैसकेको व्यवसायलाई अन्यत्र दर्ता गर्न नपर्ने व्यवस्था हुनुपर्ने, ऐन कानुनसँगै नियमावली पनि ल्याइनुपर्ने, चेम्वर ल ल्याउनुपर्ने, उद्योग व्यवसायमा हड्ताल नहुने सुनिश्चितता गराउनुपर्ने, सीएसआरबाट उठेको रकममा केही हिस्सा उद्योग वााणिज्य संघहरूको संस्थागत विकासमा खर्च गर्ने गरी दिने व्यवस्था गरिनुपर्ने लगायतका सुझावहरू राखिएको थियो।

वाणिज्य सचिव वैकुण्ठ अर्यालले मन्त्रालयले सधै महासंघसँगको सहकार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भट्टले महासंघका पदाधिकारीबाट आएका सुझाव निकै महत्वपूर्ण रहेको र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले छिट्टै नै महासंघका लगायतका अन्य व्यवसायिक संघ÷संस्था, सरोकारवाला सरकारी निकाय समेतको सहभागितामा एक विशेष कार्यक्रमको आयोजना गरी उद्योग व्यवसायको विकासमा ठोस निष्कर्षमा पुग्ने योजना मन्त्रालयको रहेको समेत जानकारी गराए।


Leave a Reply

Your email address will not be published.