बालिका बलात्कारपछि हत्या गर्ने फरार अभियुक्त पक्राउ, तीन प्रहरी निलम्बित

बालिका बलात्कारपछि हत्या गर्ने फरार अभियुक्त पक्राउ, तीन प्रहरी निलम्बित

बझाङकी १२ वर्षीया बालिका सम्झना बिकको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परी फरार भएका अभियुक्तलाई प्रहरीले सात घण्टापछि नियन्त्रणमा लिएको छ।

बिहीबार राति १२ बजे डोटी अस्पतालको आइसोलेनबाट भागेका १६ वर्षीय हत्या आरोपी राजेन्द्र बोहरा आज बिहान ७ बजे पक्राउ परेका हुन्। उनलाई पूर्वीचौकी गाउँपालिकाको सानागाउँबाट पक्राउ गरिएको सुदूरपश्चिम प्रहरी प्रवक्ता एसएसपी मुकेश सिंहले जानकारी दिए।

१६ वर्ष मात्र भएका कारण बोहोरालाई बाल सुधार गृहमा राखिएका थियो। कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। उनी त्यहीँबाट प्रहरीको आँखा छल्दै भागेका थिए।

बोहोराले सम्झनाको हत्या गर्नु पूर्व मष्टाकै १४ वर्षीया बालिकामाथि समेत जबरजस्तीकरणी गरेको घटना सार्वजनिक भएको थियो। 

प्रवक्ता सिंहका अनुसार उनको निगरानीका लागि अस्पतालमा खटिएका तीन प्रहरीलाईसमेत लापरबाही गरेको भन्दै निलम्बित गरिएको छ।
 


Leave a Reply

Your email address will not be published.