सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ बढ्यो

नेपाली बजारमा शुक्रबार सुनचाँदीको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ नेपालका अनुसार शुक्रबार सुन र चाँदीको भाउ तोलामा क्रमशः ३ सय र ५ रुपैयाँले बढेको हो।

बिहीबार ९२ हजार ६ सयमा किनबेच भएको छापावाल सुनको भाउ शुक्रबार ९२ हजार ९ सय पुगेको छ। यसैगरी, शुक्रबार तेजावी सुनको भाउ ९२ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ।

बिहीबार १ हजार २ सय ५ रुपैयाँमा किनबेच भएको चाँदीको भाउ शुक्रबार १ हजार २ सय १० रुपैयाँ कायम भएको छ।
 


Leave a Reply

Your email address will not be published.