आफ्नो कार्यकालको एकसय दिन मास्क लगाउन अमेरिकी जनतालाई बाइडेनकाे आग्रह 

आफ्नो कार्यकालको एकसय दिन मास्क लगाउन अमेरिकी जनतालाई बाइडेनकाे आग्रह 

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले नागरिकलाई मास्क लगाउन अनुरोध गरेका छन्।

सिएनएनसँगको अन्तरवार्तामा उनले आफ्नो कार्यकालको एकसय दिनसम्म जनतालाई मास्क लगाउन आग्रह गर्ने बताए। उनले मास्क लगाएपछि कोरोना संक्रमणलाई केही हदसम्म रोक्न सकिने भन्दै यस्तो योजना ल्याएका हुन्। 

‘कार्यकाल सुरु भएको दिनदेखि सबैलाई मास्क लगाउन आग्रह गर्नेछु। मात्र एकसय दिनको लागि सधैँभरिका लागि होइन।’, उनले भने। उनले सरकारी भवनहरुमा पनि सबैलाई मास्क अनिवार्य गरिने बाइडेनले बताए।

‘मेरो विचारमा यसरी संक्रमणको संख्यामा कमी आउनेछ। मास्क र खोपको सहायताले कोरोना संक्रमणलाई कम गराउन सक्नेछौं’, बाइडेनले अन्तरवार्ताका क्रममा भने। 

संविधानका विज्ञहरुले जनतालाई अनिवार्य मास्क लगाउन निर्देशन दिन बाइडेनसँग कुनै कानुनी अधिकार नभएको तर, बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले आफूले मास्क लगाएर जनतासामु एक उदाहरण पेस गर्न सक्ने बताए।

हालसम्म अमेरिकामा १ करोड ४१ लाख मानिस कोरोना संक्रमित भइसकेका छन् भने २ लाख ७६ हजारको मृत्यु भइसकेको छ। 
 


Leave a Reply

Your email address will not be published.