१० किलो चरेससहित एकजना पक्राउ

१० किलो चरेससहित एकजना पक्राउ

१० किलो चरेससहित बैतडीबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) को टोलीले बिहीबार राति जिल्लाको पुर्चौडी नगरपालिका क्षेत्रबाट १० किलो लागुऔषध चरेससहित बझाङको बुङ्गल नगरपालिका–९ का ३० वर्षे मानबहादुर धानुकलाई पक्राउ गरेको हो। 

धानुकलाई विशेष सूचनाका आधारमा पुर्चौडी नगरपालिका–६ को मोडलीधारबाट पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता मुकेश सिंहले बताए। धानुकलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले पक्राउ परेका धानुकमाथि थप अनुसन्धान भइरहेको बताए।
 


Leave a Reply

Your email address will not be published.