बाटो पिच गर्न माग गर्दै भक्तपुरका स्थानीयले गरे सडक अवरुद्ध

बाटो पिच गर्न माग गर्दै भक्तपुरका स्थानीयले गरे सडक अवरुद्ध

भक्तपुरको च्याम्हासिंहबाट ताथली जाने सडक स्थानीयले शुक्रबार बन्द गरेका छन्। निर्धारित समयमा बाटो नबनेको भन्दै स्थानीयले सडक अवरुद्ध गरेर विरोध जनाएका हुन्।

ठेक्केदारले निर्धारित समयमै काम नरेको र सडक डिभिजन कार्यालयले ध्यान नदिएकाले सडक निर्माणमा ढिलाइ भएको उनीहरूको आरोप छ। छिटो बाटो निर्माणका लागि सरोकारवालाको ध्यानाकर्षण गराउँदै स्थानीयले सडक अवरुद्ध गरेर विरोध जनाएको बालकृष्ण ध्वंजूले बताए।

स्थानीयको अवरोधपछि सडकमा सवारीसाधन गुड्न सकेका छैनन्। उनले पिच नगर्ने ठेकेदारलाई कारबाहिका लागि माग गरिएको बताए।

च्याम्हासिंह ताथलीको सडकमा खाल्डाखुल्डी भएर धुलाम्य र हिलाम्य भएको वर्षौ भइसक्दा पनि जिर्णोद्धार नगरेको स्थानीयको आरोप छ। घाम लाग्दा धुलो, पानी पर्दा हिलोले आजित स्थानीयले सरोकारवालाको ध्यान नजाँदा सडक संघर्षमै उत्रिनु परेको गुनासो गरे।

आर्थिक वर्ष २०७६/७७ मै सो बाटो पीच गर्न सडक डिभिजन कार्यालय भक्तपुरले एस कन्ट्रक्सन प्रालिलाई ठेक्का दिएको थियो। यद्यपी सो बाटो अहिलेसम्म पनि पिच हुनसकेको छैन।


Leave a Reply

Your email address will not be published.