४६ दिनपछि वीरका स्वास्थ्यकर्मीको आन्दोलन स्थगित

४६ दिनपछि वीरका स्वास्थ्यकर्मीको आन्दोलन स्थगित

विगत ४६ दिनदेखि वीर अस्पतालका स्वास्थ्यकर्मीले उठाएका मागहरू पूरा गर्न अस्पताल प्रशासन तयार भएको छ।

शुक्रबार प्रतिष्ठान र आन्दोलनरत पक्षबीच भएको वार्तापछि ५ बुँदे सम्झौता भएको छ। 

आन्दोलनरत कर्मचारी संयुक्त संघर्षको समितिका सहंसयोजक प्रवक्ता खुबराज आचार्यले ५ बुँदे सहमति भएको बताए।

‘उहाँहरूले हाम्रो माग पुरा गर्ने ६ हप्ताको समय माग्नु भएको छ,’ आचार्यले भने,  'जारी भएको आन्दोलन अहिलेको लागि स्थिगित गरिएको छ। 
प्रतिष्ठानको विभिन्न पदाधिकारीको कार्यलयमा लागेको तालासमेत खोलिएको छ।' 


Leave a Reply

Your email address will not be published.