अप्रिलसम्म मोडेर्नाले साढे १२ करोड डोज खोप विश्वभर उपलब्ध गराउने

अप्रिलसम्म मोडेर्नाले साढे १२ करोड डोज खोप विश्वभर उपलब्ध गराउने

मोडेर्नाले कोरोनाविरुद्धको आफ्नो खोप २०२१ को अप्रिलसम्ममा १२ करोड ५० लाख डोज विश्वभरि उपलब्ध गराउने बताएको छ। 

कम्पनीले ८ करोड ५० लाख देखि १० करोड डोज खोप अमेरिकामै उपलब्ध हुनेछ भने डेढ करोडदेखि साढे २ करोड डोज अमेरिका बाहिर उपलब्ध गराउनेछ। 

अप्रिल सम्ममा कम्पनीले ५० करोड डोज उत्पादन गर्ने जनाएको छ। त्यस्तै २०२१ भरिमा उसले विश्वभर १ खर्ब डोज उपलब्ध गराइसक्नेछ। 

मोडेर्नाले बनाएको भ्याक्सिन एमआरएनए– १२७३ कोरोना रोक्नका लागि करिब ९५ प्रतिशत प्रभावकारी देखिएको छ। 

कम्पनीले भ्याक्सिन प्रयोगका लागि अमेरिकी खाद्य तथा औषधी प्रशासनसँग अनुमति मागिसकेको छ। 

मोडेर्ना र फाइजरको खोप अमेरिकामा क्रिसमसअघि नै प्रयोगमा आउने बताइएको छ। राेयटर्सबाट
 


Leave a Reply

Your email address will not be published.