पेट्रोल पम्प भाडामा लगाउन नपाइने

पेट्रोल पम्प भाडामा लगाउन नपाइने

पेट्रोलियम पदार्थको बिक्रेताले पेट्रोल पम्प भाडामा लगाउन नपाउने भएका छन्। पछिल्लो समय विभिन्न स्थानमा सञ्चालित पम्प भाडामा लगाएको पाइएपछि निगमले एक सूचना प्रकाशन गर्दै पम्म भाडामा लगाउन नपाउने जनाएको हो। 

निगमले जारी गरेको सूचनामा भनिएको पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली २०७५ को परिच्छेद–६ विनियम ३० (ड)’ मा व्यवस्था भएअनुसार कुनै पनि बिक्रेताले पम्प भाडामा लगाएमा निगमले आपूर्ति बन्द गर्न सक्नेछ प्रावधान उल्लेख छ। 

यस प्रावधानअनुसार बिक्रेताले आफ्नो पम्प भाडामा नदिई विनियमावलीबमोजिम आफैं सञ्चालन गर्न निगमले आग्रह गरेको छ। निगमले पटक/पटक भाडामा नलगाउन अनुरोध गर्दै आएको भन्दै विनियमावली विपरीत कसैले पम्म भाडामा लगाएको पाइएमा कारबाही गरिने जनाएको छ।


Leave a Reply

Your email address will not be published.