देशभर १२७२ संक्रमित थपिए, थप १५७५ कोरोना मुक्त

देशभर १२७२ संक्रमित थपिए, थप १५७५ कोरोना मुक्त

नेपालमा पछिल्लो २४ घन्टामा १ हजार २ सय ७२ संक्रमित थपिदा १ हजार ५ सय ७५ जना संक्रमण मुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर १५ हजार ४ सय ४७ जना सक्रिय संक्रमित रहेका छन्।

हालसम्म नेपालमा कूल संक्रमित संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ। यस्तो संक्रमण मुक्त हुनेको कूल संख्या २ लाख २१ हजार ८ सय ४७ रहेको छ।

पछिल्लो २४ घन्टामा थप १६ जनाले ज्यान गुमाएका छन्। योसँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या  १ हजार ५ सय ६७ पुगेको छ। 


Leave a Reply

Your email address will not be published.

थप समाचार