सडक आन्दोलनको नेतृत्व अब राप्रपाले गर्छ : कमल थापा

सडक आन्दोलनको नेतृत्व अब राप्रपाले गर्छ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपाका) अध्यक्ष कमल थापाले राजसंस्था पुन:स्थापनाका लागि हुने सडक आन्दोलनको नेतृत्व राप्रपाले नै गर्ने बताएका छन्। 

दसैंलगत्तै देशका प्रमुख सहरहरूमा ‘राजावादी’हरुको आन्दोलन चर्किरहेको छ। राजसंस्थाको पुन:स्थापना र हिन्दु राष्ट्रको माग गर्दै र्‌याली तथा सभाहरू भइरहेका छन्। 

‘नागरिक स्तरबाटै भएको’ भनिएको यो आन्दोलनमा सुरुमा राप्रपाले ‘नैतिक समर्थन’ रहेको जनाएको थियो। 

देशभरि आन्दोलन चर्किँदै गएपछि भने राप्रपाले सबै जिल्ला नेतृत्वलाई आन्दोलनको अगुवाइ र जिम्मेवारी लिन पत्राचार गरेको थियो। 

शुक्रबार हेटौंडामा पनि आन्दोलन भएको थियो। यो आन्दोलनको आयोजना राप्रपाको मकवानपुर जिल्ला समितिले गरेको थियो। 

त्यहाँ भएका र्‌यालीका तस्बिरहरू फेसबुकमा पोस्ट गर्दै राप्रपा अध्यक्ष थापाले भनेका छन् ‘स्याबास! राप्रपा मकवानपुर, हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना तथा भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तनको बिरुद्धमा अब हुने राष्ट्रवादी आन्दोलनको नेतृत्व राप्रपाले गर्नेछ।’

उनले हिन्दु राष्ट्र र राजसंस्था फर्किनका लागि राप्रपा बलियो हुनुपर्ने तर्क पनि गरेका छन्। 

‘कसैलाई भ्रम र द्विविधा नरहोस् राप्रपा बलियो भयो भने मात्र हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापना हुन्छ’ थापाले लेखेका छन्। 


Leave a Reply

Your email address will not be published.

थप समाचार