३५ हजार घुससहित सशस्त्रका हवलदार पक्राउ

३५ हजार घुससहित सशस्त्रका हवलदार पक्राउ

सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट कृष्णनगरका सशस्त्र प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले घुससहित नियन्त्रणमा लिएको छ।

घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ३५ हजार लिँदै गर्दा उनलाई पक्राउ गरेको हो।

शुक्रबार कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नम्बर-२ गोलघरस्थित मिलन रेष्टुरेन्ट एण्ड दुर्गा गेष्ट हाउसबाट रङ्गेहात नियन्त्रणमा लिइएको अख्तियारको बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए।

घुस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियारको बुटवलबाट खटिएको टोलीले उनलाई ३५ हजार लिइसकेको अवस्थामा पक्राउ गरेको हो।

गुरुङको बिषयमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी सुरेश भुसालले बताए।


Leave a Reply

Your email address will not be published.