संसद अधिवेशन बोलाउन कांग्रेसको माग, मंसिर २९ मा देशभर प्रदर्शन

संसद अधिवेशन बोलाउन कांग्रेसको माग, मंसिर २९ मा देशभर प्रदर्शन

प्रमुख विपक्षी नेपाली कांग्रेसले मंसिर २९ गते देशभर प्रदर्शन गर्ने भएको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि बुधबार तनहुँमा भएको धरपकडको विरोधमा कांग्रेसले देशभर प्रदर्शन गर्न लागेको हो। सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले २९ गते सडक प्रदर्शन गर्ने निर्णय गरेको हो।

तनहुँमा वरिष्ठ नेता पौडेलमाथि भएको दुर्व्यवहार सैह्य नहुने र सरकारको दमनकारी रबैयाको भन्डाफोर गर्न प्रदर्शन गर्ने निर्णय भएको कांग्रेस नेता कृष्ण सिटौलाले जानकारी दिए।

सिटौलाका अनुसार ७७ जिल्लामा हुने प्रदर्शन भ्रष्टाचारविरुद्ध र कोरोना संक्रमितको उपचार व्यवस्थापनमा सरकारले प्रदर्शन गरेको लाचारीविरुद्ध समेत केन्द्रित हुने छ। तत्काल संसद अधिवेशन बोलाउन सरकारलाई दवाव दिने निर्णय समेत कांग्रेसले दिएको जानकारी दिए।

 


Leave a Reply

Your email address will not be published.