हुम्लामा बोलेरो दुर्घटना, ४ जनाको मृत्य, ७ घाइते

हुम्लामा बोलेरो दुर्घटना, ४ जनाको मृत्य, ७ घाइते

बिरामी बोकेको बोलेरो जीप दुर्घटना हुँदा हुम्लामा चारजनाको ज्यान गएको छ। दुर्घटनामा अन्य सातजना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता प्रहरी निरीक्षक सीताराम बिष्टले सदरमुकाम सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको लु२च २१०२ नम्बरको बोलेरो बिरामी लिएर फर्किने क्रममा दुर्घटनामा परेको हो।

उनले राति ११ बजे जीप सिमकोट गाउँपालिका-७ को डाँडाफयामा दुर्घटनामा परेको बताए।

दुर्घटनामा ज्यान गुमाउने कसैको पहिचान हुन सकेको छैन। दुर्घटनामा एक बालकसहित सातजना घाइते भएका हुन्। घाइते मध्ये दुईको अवस्था गम्भीर छ। उनीहरु सबैको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published.