काठमाडौंमा फेरि लाग्यो ‘राजा आऊ देश बचाऊ’ को नारा

काठमाडौंमा फेरि लाग्यो ‘राजा आऊ देश बचाऊ’ को नारा

काठमाडौंमा राजावादीहरूले प्रदर्शन गरेका छन्। देशभर राजाको पक्षमा प्रदर्शन भइरहँदा काठमाडौंमा पनि शनिबार मोटरसाइकल र्‍याली भएको हो।

र्‍यालीको नेतृत्व राष्ट्रिय नागरिक आन्दोलनले गरिरहेको छ। र, आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पनि समर्थन रहेको छ।

प्रदर्शन कारिले 'राजा आऊ देश बचाऊ', 'हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ' लगायत नारा लगाएका थिए।

राजाको पक्षमा एक हप्ता अगाडि पनि काठमाडौंमा प्रदर्शन भएको थियो।

आजै झापामा समेत राजाको पक्षमा आन्दोलन भइरहेको छ। झापाको आन्दोलनको नेतृत्व राप्रपा नेता राजेन्द्र लिङ्‌देनले गर्दै छन्।

अबका सबै आन्दोलनको नेतृत्व राप्रपाले गर्ने निर्णय गरेको छ।


Leave a Reply

Your email address will not be published.