नेकपा सचिवालय बैठक सुरु, ओली पनि सहभागी

नेकपा सचिवालय बैठक सुरु, ओली पनि सहभागी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो।

बैठक सुरु हुनुभन्दा अघि नेकपा अध्यक्षहरू ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' बीच भेटवार्ता भएको थियो। २५ दिन लामो संवादहीनतालाई तोड्दै भएको भेटवार्तापछि बैठकमा दुबै अध्यक्ष सहभागी भएका छन्। 

यसअघि गत मंगलबारको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओली अनुपस्थित थिए। आजको बैठकमा दुबै अध्यक्षका प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published.