नेकपा स्थायी कमिटी बैठक भोलि, दुवै अध्यक्षका प्रस्तावमा छलफल हुने

नेकपा स्थायी कमिटी बैठक भोलि, दुवै अध्यक्षका प्रस्तावमा छलफल हुने

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै अध्यक्षका प्रतिवेदन स्थायी कमिटी बैठकमा पेस हुने भएका छन्। आजको सचिवालय बैठकले विवाद समाधान गर्न नसकेपछि स्थायी कमिटी बैठकमा छलफल गरिने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रतिवेदनमाथि छलफलका लागिभन्दै आज सचिवालय बैठक बसेको भए पनि कुनै निर्णय हुन सकेन। नेकपाले थप छलफलका लागि आइतबार १ बजे स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ। 

स्थायी कमिटी बैठकमा पार्टीको संकट निवारणबारे छलफल गरिने प्रवक्ता श्रेष्ठले बताए। स्थायी कमिटीको बैठक धुम्बाराहीमा बस्नेछ।


Leave a Reply

Your email address will not be published.