बार्सिलोना पराजित, आत्मघाती गोलमा रियलको जित

बार्सिलोना पराजित, आत्मघाती गोलमा रियलको जित

ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोना पराजित भएको छ। 

बार्सिलोनालाई काडिजले २–१ गोलले पराजित गरेको हो। काडिजका अल्भारो जिमिनेजले आठौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि पहिलो हाफमा कुनै गोल नहुँदा काडिज १–० ले अघि रह्यो। 

तर, दोस्रो हाफको ५७ औं मिनेट काडिजका लागि दुर्भाग्य बन्न पुग्यो। काडिजका पेड्रो अल्काले आत्मघाती गोल गर्न पुग्दा बार्सिलोनाले खेल बराबरीमा ल्यायो। तर, पुनः ६३ औं मिनेटमा अल्भारो नेग्रेडोले काडिजका लागि विजयी गोल गरे। 

पराजित बार्सिलोको १० खेलबाट १४ अंक छ भने विजेता बनेको काडिज पाचौं स्थानमा उक्लेको छ। उसले १२ खेलबाट १८ अंक जोडेको छ। 

यस्तै लिग अन्तर्गत नै भएको अर्को खेलमा रियल मड्रिड विजयी भएको छ। रियलले सेभियालाई १–० ले पराजित गरेको हो। रियलले उक्त गोल पनि उपहार पाएको थियो। सेभियाका बोनोले खेलको ५५ औं मिनेटमा आत्मघाती गोल गर्दा रियल महत्वपूर्ण तीन अंक जोड्न सफल रह्यो।


Leave a Reply

Your email address will not be published.