राजेन्द्र लिङ्देनको प्रश्न : गणतन्त्र, धर्म निरपेक्षता र संघीयतामा नागरिकले के पाए?

राजेन्द्र लिङ्देनको प्रश्न : गणतन्त्र, धर्म निरपेक्षता र संघीयतामा नागरिकले के पाए?

राजतन्त्र पुनर्स्थापना र हिन्दुराष्ट्रको पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीले झापामा प्रदर्शन गरेको छ।

राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना, संघीयता खारेजीको माग गर्दै झापामा राप्रपाले शनिबार प्रदर्शन गरेको हो।

जिल्लाभरबाट काँकरभिट्टामा भेला भएका हजारौं मानिस  मोटरसाइकल  र्‍यालीसहित बिर्तामोड पुगेका थिए।

बिर्तामोडमा आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै राप्रपाका नेता राजेन्द्र लिङ्देनले राजसंस्था नेपालका लागि आवश्यक रहेको बताए।

हिन्दुराष्ट्र कुनै जात विशेषले मान्ने धर्म मात्र नभएर नेपाली जनताको एकता, गौरब र पहिचानसँग सम्बन्धित विषय रहेको उनको भनाइ छ। नेता लिङ्देनले संघीयता नेपालजस्तो सानो र  गरिब देशले धान्न नसक्ने बताए।

‘गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको पक्षमा उभिने नागरिकलाई भन्न चाहन्छु, यो साधन नभएर साध्य मात्र हो’, लिङ्देनले अगाडि प्रश्न गर्दै भने, ‘गणतन्त्र, धर्म निरपेक्षता र संघीयता देशले पायो नागरिकले के पाए?’ 

राप्रपाको  र्‍यालीका कारण करिब दुई घण्टा राजमार्गमा सवारीसाधन आवागमन अस्तव्यस्त भएको थियो।


Leave a Reply

Your email address will not be published.