जर्जियाकाे चुनावी नतिजा उल्ट्याउन राज्य प्रमुखलाई ट्रम्पको आग्रह

जर्जियाकाे चुनावी नतिजा उल्ट्याउन राज्य प्रमुखलाई ट्रम्पको आग्रह

अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जिया राज्य प्रमुखलाई उक्त क्षेत्रको चुनावी परिणाम नतिजा उल्ट्याउन सहयोग गर्न आग्रह गरेका छन्। 

ट्रम्पले राज्य प्रमुख ब्रायन केम्पलाई राज्य व्यवस्थापिकाको विशेष बैठक बोलाउन र यसमा छलफल गर्न पनि आग्रह गरेका छन्। 

ट्रम्पले शनिबार केम्पलाई बोलाउँदै अनुपस्थित मतपत्र हस्ताक्षरहरूको अडिट माग गरेका थिए। तर,  केम्पले यो आफ्नो अधिकार क्षेत्रभन्दा बाहिरको कुरा भएको भन्दै उनको अनुरोधलाई अस्वीकार गरेका थिए।

राष्ट्रपति ट्रम्प अझै पनि बिनाप्रमाण जो बाइडेनमाथि आरोपहरु लगाइरहेका छन्। बाइडेनले चुनावमा धाँधली गरेको आरोप उनले लगाउने गरेका छन्।

उनले थुप्रै राज्यको चुनावमा धाँधली भएको भन्दै पुनः मतगणना गराएका थिए। तर, सबै राज्यमा पूरानै नतिजा फेरि देखिएको थियो।

जर्जियालाई निर्णायक राज्य मानिएको थियो। जुन राज्यमा ट्रम्पले जित हातपार्ने धेरैले अनुमान गरेका थिए। यो राज्यमा सन् १९९२ पछि पहिलो पटक डेमोक्रेटले चुनाव जितेको थियो। जसमा बाइडेन थोरै मतान्तरले विजयी भएका थिए।


Leave a Reply

Your email address will not be published.