सुनको भाउ घट्यो, चाँदी स्थिर

सुनको भाउ घट्यो, चाँदी स्थिर

नेपाली बजारमा आइतबार सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार ९२ हजार ९ सयमा किनबेच भएको छापावाल सुनको भाउ आइतबार २ सयले घटेर ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ।

तेजावी सुनको भाउ ९२ हजार २ सय ५० रुपैयाँ कायम भएको छ।

आइतबार सुनको भाउ घटे पनि चाँदी भने स्थिर छ। महासंघका अनुसार गत शुक्रबार १ हजार २ सय १० रुपैयाँ प्रतितोलामा किनबेच भएको चाँदीको भाउ  आइतबार स्थिर छ।
 


Leave a Reply

Your email address will not be published.