विदेशमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ३ सय नाघ्यो

विदेशमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ३ सय नाघ्यो

विदेशमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या ३ सय नाघेको छ। 

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार गत साता थप दुईजनाको ज्यान गएसँगै मृतकको संख्या ३ सय १ पुगेको हो। गत साता जर्मनी र भारतमा एक/एकजना नेपालीको मृत्यु भएको हो। 

स्वास्थ्य समितिका संयोजक डा सन्जीव सापकोटाका अनुसार पछिल्लो पटक जापान, साउदी अरब, युएई, पोर्चुगल र भारतमा  रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ। 

शनिबार साँझसम्म ४९ मुलुकमा रहेका ४८ हजार ६ सय ३९ जना गैरआवासीय संक्रमित भएका छन्। सोही अवधिमा ४४ हजार ६ सय ७१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।
 


Leave a Reply

Your email address will not be published.