भक्तपुरमा कार दुर्घटना, महिलाको मृत्यु

भक्तपुरमा कार दुर्घटना, महिलाको मृत्यु

भक्तपुरमा कार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा परी काठमाडौं–४ धुम्बाराही पिपलबोट बस्ने ३० वर्षीया रिया श्रेष्ठको मृत्यु भएको हो। 

शनिबार राति मध्यपुर ठिमि नगरपालिका–३ कौशलटारमा बा८च ४७५६ नं को कार अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

दुर्घटना पछि घाइते भएकी महिलालाई उपचारका लागि मध्यपुर अस्पताल ठिमि ल्याइएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

दुर्घटनमा परी मध्यपुर ठिमि–१ लोकन्थलीका २६ वर्षीय रञ्जित कार्की (चालक), मध्यपुर ठिमि–५ राधेराधेका २६ वर्षीय विजय देउजा, सुर्यविनायक नगरपालिका–४ गाम्चा बस्ने २७ वर्षीय सुदिप थापा सामान्य घाइते भएका महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दिपक गिरीले जानकारी दिए।
 


Leave a Reply

Your email address will not be published.