फाइजरले भारतसँग माग्यो भ्याक्सिन प्रयोगको अनुमति

फाइजरले भारतसँग माग्यो भ्याक्सिन प्रयोगको अनुमति

कोरोना भ्याक्सिन निर्माण कम्पनी फाइजर इन्डियाले आफ्नो भ्याक्सिन भारतमा आपतकालिन प्रयोगका लागि अनुमति मागेको छ। 

उसले भारतको औषधि नियामक निकाय ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डियासँग भ्याक्सिन प्रयोगको अनुमति माग गरेको हो। 

कम्पनीको भ्याक्सिन प्रयोगका लागि यसअघि बेलायत र बहराइनले अनुमति दिइसकेका छन्। 

यो भ्याक्सिनलाई माइनस ७० डिग्रिमा राख्नु पर्ने चुनौतीका बीच भारतमा यसको प्रयोगलाई लिएर गाह्रो हुने अनुमान गरिएको छ। भारतका स्वास्थ्य अधिकारीहरुले सरकारले यो भ्याक्सिनलाई प्रयोग अनुमति दिएपनि भण्डारणमा चुनौती देखा पर्न सक्ने बताएका छन्।

तर, कम्पनीले भने यस चुनौतीप्रति आफू जानकार रहेको भन्दै सरकारसँग प्रयोग अनुमति माग गरेको छ। 
 


Leave a Reply

Your email address will not be published.