आजदेखि सबैका लागि खुल्यो लुम्बिनीको मायादेवी मन्दिर

आजदेखि सबैका लागि खुल्यो लुम्बिनीको मायादेवी मन्दिर

आजदेखि लुम्बिनीको मायादेवी मन्दिर सर्वसाधारणका लागि खुला भएको छ। बाहिरी परीसर केही दिन अघि खुला भएपनि  मुख्य स्थल मायादेवी मन्दिर परिसर प्रवेशमा भने रोक लगाइएको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सबैको आस्थाको धरोहर मायादेवी मन्दिर आजदेखि नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउँदै खुला गरिएको बताए। 

वस्तुस्थिति अवलोकन गर्न लुम्बिनी आइपुगेको बताउँदै मन्त्री भट्टराइले कोरोनाका कारण मानिसको आस्थासँग जोडिएका थुप्रै धार्मिक स्थलहरु बन्द गर्नुपर्ने दुखद अवस्था आएको बताए। 

‘धार्मिक सांस्कृतिक केन्द्र मानिसको जीवनसँग जोडिएको हुन्छन्, जहाँ हजारौं मानिस दैनिक आउनुपर्ने, नित्य पूजा गर्नुपर्ने हुन्छ तर, कोरोना महामारीका कारण धेरै जना यसबाट बञ्चित हुनुभयो यसमा हामी दुःखी छौं’, मन्त्री भट्टराईले भने, ‘आजदेखि हामीले मायादेवी मन्दीर सबैका लागि खुला गरेका छौं तर, यसमा प्रवेश गर्दा बनाइएका स्वास्थ्य प्रोटोकललाई ध्यान दिनुपर्नेछ।’


Leave a Reply

Your email address will not be published.