बिर्तामोडकी कोरोना संक्रमित महिलाको मृत्यु 

बिर्तामोडकी कोरोना संक्रमित महिलाको मृत्यु 

दुई दिनपछि झापामा आज कोरोना संक्रमणका कारण एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–२ की ४५ वर्षीया मञ्जु मैनाली हुन्। उनको उपचारका क्रममा धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।

उपचारका लागि मंसिर १८ गते धरान गएकी उनको  पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो। 

योसँगै बिर्तामोडमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

मंसिर १९ गते झापाको मेचीनगर नगरपालिका–८ का राजवंशी थरका ५५ वर्षीय एक पुरुषको मृत्यु भएको थियोे।
 


Leave a Reply

Your email address will not be published.