सेयर बजारमा पहिरो

सेयर बजारमा पहिरो

मौदिक नीतिको पहिलो त्रैमासिक समीक्षा पश्चात खुलेको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो गएको छ।

सुरुवातिदेखि नै ओरालो लागेको सेयर बजारमा नकारात्मक सर्किटब्रेक लागेपछि एक घन्टा अघि नै बजार बन्द भएको छ।

सेयर बजारको नियमित कारोबार ११ बजेदेखि ३ बजेसम्म हुने गरेकामा आइतबार ६ प्रतिशतले सर्किट लागेपछि २ः १३ बजे नै बजार बन्द भयो।

आइतबार नेप्से परिसूचक १२३.३४ अंकले घटेर १९३२ अंकमा झरेको छ। यसअघि गत बिहीबारको कारोबारमा परिसूचक २०५५ अंकमा   थियो।

आइतबार सबै समूह राताम्मे देखिए।  लगानीकर्ताहरूले भने यसलाई मौद्रिक नीतिको प्रभाव भनेका छन्।

राष्ट्र बैंकले गत बिहीबार पहिलो त्रैमासिक समीक्षा गरी  सेयर धितो कर्जा पुनरावलोकन गरिने घोषणा गरेको थियो। त्यसको असर आइतबारको  पुँजीबजारमा परेको लगानीकर्ताहरूको दाबी छ। 

उनीहरूले आइतबार डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीलाई भेटेर राष्ट्र बैंकको पछिल्लो कदमप्रति आपत्ति जनाएका थिए। यद्यपि, राष्ट्र बैंकले सेयर धितो कर्जा पुनरावलोकन गर्ने भने पनि मार्जिन सीमा निर्धारण गरिसकेको छैन।

 

पुँजीबजारका लगानीकर्ता किन पुगे राष्ट्र बैंक?

 


Leave a Reply

Your email address will not be published.