नेकपा स्थायी समिति बैठक सकियो : दुई घन्टा प्रचण्डमात्रै बाेले, २८ गते फेरि बस्ने

नेकपा स्थायी समिति बैठक सकियो : दुई घन्टा प्रचण्डमात्रै बाेले, २८ गते फेरि बस्ने

नेकपाको स्थायी समिति बैठकमा सकिएको छ। प्रधानमन्त्री तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा नआएपछि करिब दुई घन्टासम्म चलेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहालमात्रै बोलेका थिए। 

केहीबेर प्रधानमन्त्री तथा नेकपाका ओलीलाई कुर्दा पनि ओली नआएपछि प्रचण्डको अध्यक्षतामा बैठक भएको हो। 

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार २८ गते फेरि स्थायी समितको बैठक बस्नेछ। त्यस्तै २५ गते तोकिएको केन्द्रीय समिति बैठक पुस ५ गतेका लागि सारिएको छ। 

‘आजको बैठकमा अध्यक्ष कमरेड प्रचण्डले मात्रै आफ्ना कुरा राख्नुभएको छ’ श्रेष्ठले भने ‘आगामी बैठक २८ गते र केन्द्रीय समिति बैठक पुस ५ गते बस्ने निर्णय भएको छ।’ 

शनिबार बालुवाटरमा बसेको सचिवालय बैठकले दुवै अध्यक्षको प्रतिवेदन स्थायी कमिटीमा लैजाने निर्णय गरेको थियो।

ओली निकट स्रोतका अनुसार बैठकका कुनै अजेन्डा र कार्यसूची नभएका कारण उनी बैठकमा नआएका हुन्। 


Leave a Reply

Your email address will not be published.