थप १०९६ जनामा संक्रमण, १७ जनाको मृत्यु

थप १०९६ जनामा संक्रमण, १७ जनाको मृत्यु

नेपालमा १ हजार ९६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार यो नेपालमा २ लाख ४० हजार ९८१ जनामा संक्रमण पुष्टि भएको छ।

हाल क्वारेन्टाइनमा ५३६ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १३ हजार ५२८ जना सक्रिय संक्रमित छन्।

आइतबार १७५२ जना कोरोना संक्रमणमुक्त मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। योसँगै कुल निको हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ।

कुल संक्रमित मध्ये ९३ दशमलव ७ प्रतिशत संक्रमित निको भएका छन्।

मन्त्रालयको अनुसार आज ३१३ जना आइसियुमा सहित ५५ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।

त्यस्तै बितेको चौबिस घण्टामा १७ जनाको मृत्यु भएपछि कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५९४ जना पुगेकाे छ। 


Leave a Reply

Your email address will not be published.