भक्तपुरमा मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

भक्तपुरमा मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

मोटरसाइल चोरी गरी भागेका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। 

दोलखा घर भई हाल भक्तपुर सूर्यविनायक बस्ने बर्ष १९ को संगित तामाङ र दोलखा सैलुङ गाउँपालिका २ घर भई हाल भक्तपुरको गठ्ठाघर बस्ने बर्ष १९ को सलिन तामाङलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो।

मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ३ कौशलटारस्थित कमलधाराबाट प्रदेश ३–०२–०१७ प. ७६७७ नं.को २२० सि.सि. को पल्सर मोटरसाइकल चोरी भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सुचना अधिकारी दिपक गिरीले बताए।

प्रहरी टोलीले आइतबार बिहान कौशलटारबाट उक्त नम्बरको मोटरसाइकल सहित उनीहरुलाई नियन्त्रणमा लिएको बताएको छ। 

उक्त मोटरसाइकल सिन्धुपाल्चोक बलेफी घर भई हाल गठ्ठाघर बस्ने बर्ष ३० को सागर तामाङको हो।


Leave a Reply

Your email address will not be published.