‘सेयर धितो कर्जा पुनरावलोकन भनेका हौं, घटाउने भनेका छैनौं’

‘सेयर धितो कर्जा पुनरावलोकन भनेका हौं, घटाउने भनेका छैनौं’

नेपाल राष्ट्र बैंकका निमित्त प्रवक्ता नारायणप्रसाद पोखरेलले सेयर धितो कर्जा तत्कालै हेरफेर नहुने बताएका छन्।

आइतबार सेयर बजार १ सय १३ अंकले घटेर नेगेटिभ सर्किट लागेपछि पोखरेलले आयोमेलसँग भने, ‘हामीले सेयर धितोसम्बन्धी वर्तमान व्यवस्था परिमार्जन गर्ने भनेका हौं, घटाउँछौं वा बढाउँछौं भनिएकाे छैन। अध्ययन गर्न बाँकी नै छ, यतिधेरै कुरा आइहाल्नु उपयुक्त थिएन।’

साउन ६ गते मौद्रिक नीति मार्फत सेयर कर्जाको मार्जिन सीमा ६५ प्रतिशतबाट बढाएर ७० प्रतिशत पु-याइएकामा राष्ट्र बैंकले उक्त सीमा घटाउने संकेत गरेको थियाे। लगानीकर्ताले १ सय २० दिनको औसत मूल्यलाई आधार मानेर सेयर धितोमा ७० प्रतिशतसम्म कर्जा पाउँदै आएका छन्।

तर, लगानीकर्ता भने मार्जिन घटाउन थालिएको भन्दै आइतबार डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीलाई भेट्न पुगेका थिए।

निमित्त प्रवक्ता पोखरेलले अहिले बजारमा पर्याप्त तरलता हुँदा त्यसको उपभोय गर्न खोजिएकामा पछिल्लो समय कर्जा बढ्न थालेको बताए।

‘हामीले तरलता व्यवस्थापनको पाटोबाट हेर्ने हो, नियामक निकाय त धितोपत्र बोर्ड छँदैछ,’ उनले भने, ‘२ हप्ता अघि २ खर्ब रहेको तरलता शुक्रबार १ खर्ब ४६ मा झ-यो, हामी त नटबोल्ड लुज गर्ने कि टाइट भनेर मात्र हेरिरहेका छौं।’

सम्बन्धित समाचार  : सेयर बजारमा पहिरो

 

पुँजीबजारका लगानीकर्ता किन पुगे राष्ट्र बैंक?


Leave a Reply

Your email address will not be published.