अष्ट्रेलियामाथि भारतको बदला, जित्यो टिट्वान्टी सिरिज 

अष्ट्रेलियामाथि भारतको बदला, जित्यो टिट्वान्टी सिरिज 

अष्ट्रेलियाविरुद्धको टिट्वान्टी सिरिज भारतले जितेको छ। आइतबार सम्पन्न सिरिज अन्तर्गतको दोस्रो खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै भारतले एक खेल अगावै सिरिजमा आफ्नो कब्जा जमाएको हो। 

टिट्वान्टी सिरिजमा जितसँगै भारतले अष्ट्रेलियाविरुद्ध बदलासमेत लिएको छ। यसअघि भएको एकदिवसीय सिरिज अष्ट्रेलियाले २–१ ले आफ्नो पक्षमा पारेको थियो।

अष्ट्रेलियाले जितका लागि दिएको १ सय ९५ रनको लक्ष्य भारतले १९.४ ओभरमा चार विकेटको क्षतिमा भेट्टायो। भारतका लागि शिखर धवनले अर्धशतकीय पारी खेले। उनले ३६ बलमा ५२ रन बनाए। भारतको जितमा महत्वपूर्ण इनिङ खेलेका हार्दिक पाण्ड्याले अविजित रहँदै २२ बलमा ४२ रन बनाए।

उनले पराजयतर्फ गइरहको भारतलाई विस्फोटक ब्याटिङ गर्दै जित मात्र होइन सिरिज नै दिलाए। उनी खेलको म्यान अफ द म्याचसमेत चुनिय। कप्तान विराट कोहलीले ४० रन बनाउँदा केएल राहुलले ३० रन बनाए। अष्ट्रेलियाका एडम जाम्पा, स्विपसन, एन्ड्रिउ ताय र ड्यानियल साम्सले समान एक/एक विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले कप्तान म्याथ्यु वेडको ५८ र स्मिथको ४६ रनको मद्दतमा २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो। यता, म्याक्सवेलले भने खासै राम्रो प्रदर्शन गर्न सकेनन्। उनी २२ रन बनाउँदै आउट हुँदा हेनरिक्सले २६ रन बनाए। भारतका टी नटराजनले दुई विकेट लिए। 

यी दुई टोली बीचको तेस्रो तथा अन्तिम टिट्वान्टी खेल मंगलबार हुनेछ।


Leave a Reply

Your email address will not be published.