दार्चुलामा ट्रक दुर्घटना, चालकसहित तीनजनाको मृत्यु

दार्चुलामा ट्रक दुर्घटना, चालकसहित तीनजनाको मृत्यु

दार्चुलामा आइतबार राति ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ।

जिल्लाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरबाट दार्चुला सदरमुकामतर्फ जान लागेको ना ३ ख ३४८५ नम्बरको खाली ट्रक मालिकार्जुन गाउँपालिका–१ भर्तोलामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी पुष्कर सिंह ऐरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा बैतडीका न्वाली घर भएका चालक २४ वर्षीय शेर सिंह कार्कीको परिचय खुलेको छ, भने अन्य दुईजनाको परिचय खुल्न सकेको छैन।

ट्रक सडकबाट झण्डै १२० मिटर तल खसेको छ। 

ट्रकमा सवार तीनै जनाको मृत्यु भएकाले दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। मृतकहरूको शव परीक्षणका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ।


Leave a Reply

Your email address will not be published.