कोरोनालाई जितेका गायक जगतमर्दन मृत्युसँग हारे

कोरोनालाई जितेका गायक जगतमर्दन मृत्युसँग हारे

नेपाली आधुनिक संगीतका गायक जगतमर्दन थापाको निधन भएको छ।

उनको नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान १० बजेर २० मिनेटमा निधन भएको हो। लामो समयदेखि अस्वस्थ्य रहेका थापाको एक महिनाभन्दा अघिदेखि नर्भिक अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

८५ वर्षका थापालाई केही समय अघि कोरोना भाइरसको संक्रमण पनि देखिएको थियो। तर, उनी कोरोनामुक्त भइसकेका थिए। पछि फेरि छातीमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

२०५८ सालमा उनको पहिलो एल्बम ‘चालिस वर्षअघि चालिस वर्षपछि’ सार्वजनिक भएको थियो। त्यसपछि २०६८ सालमा उनले दोस्रो एल्बम ‘मनको शान्ति’ ल्याएका थिए। उनी यसै वर्ष नयाँ एल्बम ल्याउने तयारी गरिरहेका थिए।


Leave a Reply

Your email address will not be published.

थप समाचार