रौतहट बमकाण्डका फरार अभियुक्त अफताब आलमका भाइ पनि पक्राउ

रौतहट बमकाण्डका फरार अभियुक्त अफताब आलमका भाइ पनि पक्राउ

रौतहट राजपुर फरहदवामा भएको बम विस्फोट काण्डका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। 

पहिलो संविधानसभा निर्वाचनको समयमा बम विस्फोटका घाइतेलाई जिउँदै जलाइएको अभियोग लागेका मोहम्मद महताब आलमलाई प्रहरीले भारतको मोतीहारीबाट पक्राउ गरेको हो। उनी कांग्रेस नेता मोहम्मद अफताब आलमका भाइ पनि हुन्। यसै प्रकरणमा नेता अफताब पनि पुर्पक्षका लागि काठमाडौंको नक्खु कारागारमा छन्।

उनलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी नेपाल ल्याउने तयारी थालिएको छ। 

२०६४ चैत २७ राति राजपुर नगरपालिका–४ स्थित आलमका काका सेख इद्रिसको गोठमा भएको बम विस्फोटका घाइतेलाई जिउँदै जलाएर मारेको आरोप उनीमाथि छ। विस्फोटमा परी २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अक्तर मिया घाइते भएका थिए। उनीहरुलाई जिउँदै अवस्थामा इटाभट्टामा जलाएको आरोप आलममाथि छ।


Leave a Reply

Your email address will not be published.

थप समाचार