प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक 

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक 

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन्।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आह्वान गरेका हुन्।

मंगलबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग बैठक आयोजना गर्ने तय भएको थापाले बताए। बैठकमा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए।
 


Leave a Reply

Your email address will not be published.