थप १ हजार १४ मा काेराेना पुष्टि, काठमाडाैंमा ४ सय ४२ थपिए

थप १ हजार १४ मा काेराेना पुष्टि, काठमाडाैंमा ४ सय ४२ थपिए

नेपालमा थप १ हजार १४ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २ सय २० नमूना परीक्षण गरिएकामा साेमबार १ हजार १४ नयाँ संक्रमित थपिएका हुन्।

२४ घण्टामा १ हजार ६ सय २८ जना कोरोना मुक्त भएका छन्। मन्त्रालयका अनुसार देशभरमा मृत्यु हुनेको संख्या १ हजार ६ सय १४ पुगेको छ।

काठमाडौं उपत्यकामा २४ घण्टामा ४ सय ४२ जना संक्रमित थपिएका छन्।

योसँगै काठमाडौंमा सक्रिया संक्रमितका संख्या ५ हजार ७४ पुगेको छ। भक्तपुरमा संक्रिया संक्रमितको संख्या ४ सय ४४ र ललितपुरमा १ हजार ४० छ ।


Leave a Reply

Your email address will not be published.