डेढ करोडमा स्वास्थ्य केन्द्रको भवन बनाउँदै अर्घाखाँची सिमेन्ट

डेढ करोडमा स्वास्थ्य केन्द्रको भवन बनाउँदै अर्घाखाँची सिमेन्ट

अर्घाखाँची सिमेन्ट प्रालिले डेढ करोड लागतमा रुपन्देहीको सियारी गाउँपालिकामा  स्वास्थ्य केन्द्रको भवन निर्माण गरिदिने भएकाे छ।

गाउँपालिका-२ मैनहवा गाउँमा निर्माण हुने स्वास्थ्य केन्द्रको सोमबार कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले शिलान्यास गरे।

अर्घाखाँची सिमेन्टको लगानीबाट निर्माण हुने स्वास्थ्य केन्द्र भवन सरकारी मूल्यांकन १ करोड ४० लाख रहेको प्रालिले जानकारी दिएको छ। अर्घाखाँची सिमेन्टका प्रबन्ध सञ्चालक राजेश अग्रवालका अनुसार स्वास्थ्यकेन्द्रको निर्माणको काम चालु आर्थिक वर्षबाटै हुनेछ।


Leave a Reply

Your email address will not be published.