किसानद्वारा मंगलबार भारत बन्दको घोषणा, राहुल गान्धीले भने- कृषि कानुन फिर्ता लेऊ

किसानद्वारा मंगलबार भारत बन्दको घोषणा, राहुल गान्धीले भने- कृषि कानुन फिर्ता लेऊ

कृषि कानुनविरुद्ध भारतमा जारी किसान आन्दोलन झनझन चर्किरहेको छ।

केन्द्रीय सरकारको कृषि कानुनविरुद्ध पञ्जाब र हरियाणाका किसान १२ दिनदेखि प्रदर्शन गरिरहेकामा मंगलबारका लागि भारत बन्दको घोषणा गरिएकाे छ।

किसानहरुले दिल्लीको सीमामा डेरा जमाएका छन्। मुलुकका विभिन्न जिल्लामा प्रदर्शन जारी छ।

भारतीय सञ्चारमाध्यमले उल्लेख गरे अनुसार किसान चाहन्छन् कि केन्द्र सरकार तीनवटै कृषि कानुन फिर्ता लेओस्।   

यसैबीच, भारतीय कंग्रेस नेता राहुल गान्धीले कृषि कानुन फिर्ता लिन केन्द्र सरकारसँग माग गरेका छन्। 

गांधीले सोमबार ट्वीट गर्दै भनेका छन्, ‘८ डिसेम्बरमा किसान क्रान्तिको समर्थनमा शान्तिपूर्ण भारत बन्द छ। हामी यसको पूर्ण समर्थन गर्दछौं। देशका अन्नदातामाथिको अत्याचार र अन्याय असहनीय छ। अदानी-अम्बानी कृषि कानुन फिर्ता लेऊ।’
 
 


Leave a Reply

Your email address will not be published.

थप समाचार