महाकाली नगरपालिकाको नाम फेरियाे, अब दोधाराचाँदनी 

महाकाली नगरपालिकाको नाम फेरियाे, अब दोधाराचाँदनी 

कञ्चनपुरको महाकाली नगरपालिकाकाे नाम परिवर्तन गरिएकाे छ।

महाकाली नगरपालिकाको नगरसभाले नगरपालिकाको नाम परिवर्तन गरेर दोधाराचाँदनी राख्ने प्रस्ताव गरेकामा सुदूरपश्चिम सरकारकाे मन्त्रिपरिषद् बैठकबाट स्वीकृति पाएकाे हाे।

प्रदेश सरकारकाे स्वीकृतिसँगै अब महाकाली नगरपालिकालाई झाेलुंगे पुल रहेको स्थान दोधाराचाँदनीकाे नामबाट चिनिने प्रमुख प्रशासकिय अधिकृत गणेशदत्त मिश्रले बताए।

तत्कालीन दोधारा र चाँदनी गाविस गाभेर महाकाली नगरपालिका बनाइएकाे थियाे।


Leave a Reply

Your email address will not be published.

थप समाचार