कर्णालीको बजेट खर्च निराशाजनक, चार महिनामा पुँजीगत खर्च साढे दुई प्रतिशत मात्र

कर्णालीको बजेट खर्च निराशाजनक, चार महिनामा पुँजीगत खर्च साढे दुई प्रतिशत मात्र

कोरोना भाइरस महामारीका कारण यो वर्ष पुँजीगत बजेटको खर्च बढाउनु पर्ने दबाब रहे पनि कर्णाली प्रदेशको खर्च निराशाजनक छ।

चालु आव २०७७/७८ को साउनदेखि कात्तिक मसान्तसम्म प्रदेश सरकारको करिब चार प्रतिशत बजेट मात्र खर्च गरेको छ। 

प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकार अन्तर्गतका निकायले पहिलो चौमासिक १ अर्ब १२ करोड ९९ लाख ८४ हजार १ सय २९ रुपैयाँ खर्च गरेका छन्।

सोमध्ये चालुतर्फ साढे ६ प्रतिशत अर्थात् ६७ करोड ५१ लाख ८९ हजार ३ सय ७ रुपैयाँ  र पूँजीगततर्फ साढे दुई प्रतिशत अर्थात ४५ करोड ४७ लाख ९४ हजार ८ सय २२ रुपैयाँ रहेको छ।


Leave a Reply

Your email address will not be published.

थप समाचार