चुनिखेलमा इन्भेस्टमेन्ट बैंकको एटिएम बुथ

 चुनिखेलमा इन्भेस्टमेन्ट बैंकको एटिएम बुथ

नेपाल इन्भेस्टमेन्ट बैंक (एनआइबिएल) ले बुढानीलकण्ठ नगरपालिकाको चुनिखेलमा एटिएम बुथ विस्तार गरेको छ।

करुणा अस्पताल परिसरमा विस्तार गरिएकोे एटिएम सेवा बैंकका नायव महाप्रबन्धक विजेन्द्र सुवाल, बागमती प्रदेश सभासद नुच्छृृे नारायण श्रेष्ठ, बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समिति अध्यक्ष  भिक्षु थुप्टेन जिकडोल, करुणा अस्पाताल अध्यक्ष तीर्थलाल श्रेष्ठ र  बुढानिलकण्ठ नगरपालिका–१३ का वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे।

इन्भेस्टमन्ट बैंकले हाल ८३ वटा शाखा, १ सय २६ वटा एटिएम, १९ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरमार्फत सेवा दिइरहेको छ। 
 


Leave a Reply

Your email address will not be published.