सगरमाथाको उचाइ बढ्यो, मंगलबार सार्वजनिक हुने 

सगरमाथाको उचाइ बढ्यो, मंगलबार सार्वजनिक हुने 

सगरमाथाको नयाँ उचाइ मंगलबार सार्वजनिक हुने भएको छ। 

चीन र नेपालबीच ‘सहमति’ जुटेपछि सरकारले सगरमाथाको उचाइ सार्वजनिक गर्न थालेकाे हाे।

 मंगलबार नापी विभागले औपचारिक कार्यक्रम गरी सगरमाथाकाे उचाइ सार्वजनिक गर्दैछ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्नेछन्। 

नेपालले सगरमाथाको उचाइ दुई वर्षअघि नै नापिसकेको थियो। तर, चीनतिरको उचाइ यकीन नभइसकेका कारण नेपालले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेको थिएन। 

मंगलबार सुरुमा चीन र नेपालको परराष्ट्र मन्त्रालयबीच भिडियो कन्फ्रेन्स हुनेछ। त्यसपछि नापी विभागले औपचारिक कार्यक्रम गरेर सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्नेछ। 

नेपालले यसको तयारी पहिले नै गरेको थियो। तर, गत वर्ष नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सि चिनफिङले संयुक्तरुपमा सार्वजनिक गर्ने प्रस्ताव गरेपछि उचाइ घोषणा कार्यक्रम एक वर्षपर धकेलिएको हो। 

मन्त्रालय स्रोतका अनुसार सगरमाथाको उचाइ केही ‘बढेकाे’ छ। हालको उचाइ ८ हजार ८ सय ४८ मिटर कायम छ। 

‘हाम्रो नापअनुसार सगरमाथाको उचाइ केही बढेको छ’ मन्त्रालय स्रोतले भन्यो, ‘त्यो भोलि सार्वजनिक हुन्छ।’ 
 


Leave a Reply

Your email address will not be published.