गणतन्त्रवादीलाई पनि चित्त बुझ्ने हिन्दुराष्ट्र र राजसंस्थासहितको लोकतन्त्र स्थापना गरौं : कमल थापा

गणतन्त्रवादीलाई पनि चित्त बुझ्ने हिन्दुराष्ट्र र राजसंस्थासहितको लोकतन्त्र स्थापना गरौं : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्रवादीलाई पनि चित्त बुझ्ने हिन्दुराष्ट्र र राजसंस्थासहितको लोकतन्त्र स्थापना गर्नुपर्ने बताएका छन्। 

थापाले सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राख्दै भनेका छन्, 'गणतन्त्रवादीलाई पनि चित्त बुझ्ने पूर्ण धार्मिक स्वतन्त्रतारसमानतासहितको हिन्दुराष्ट्र र राजसंस्थासहितको लोकतन्त्र कायम गरौं।' 

उनले परिवर्तनकारी र परम्परागत शक्ति र विचार बीच सामाञ्जस्यता कायम गर्न आवश्यक रहेको बताएका छन्। 

'एक अर्कालाई निषेध गरेर होइन, परिवर्तनकारी शक्ति/विचार र परम्परागत शक्ति/विचार बीच सामञ्जस्यता कायम गरौं। त्यही नै नेपालको अस्तित्व र समृद्धिको ग्यारेन्टी हो।', थापाले ट्विट गर्दै भनेका छन्। 
 


Leave a Reply

Your email address will not be published.