सगरमाथाकाे उचाइ बढ्याे, अब‌ ८८४८.८६ मिटर 

सगरमाथाकाे उचाइ बढ्याे, अब‌ ८८४८.८६ मिटर 

विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ बढेको छ। अब यसको उचाइ ८८४८.८६ मिटर कायम भएको छ। यसअघि विश्वकै अग्लो चुचुरोको उचाइ ८ हजार ८ सय ४८ मिटर स्थापित थियो।  तर पछिल्लाे मापनमा ८६ सेन्टिमिटर बढेकाे परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले घाेषणा गरे।

यो उचाइ सन् १९५४ मा भारतले मापन गरेको हो। त्यसपछि १९९९मा अमेरिकाले पनि सगरमाथाको उचाइ मापन गरेको थियो भने चीनले पनि २००५ मा उचाइ नापेको थियो। 

यी अमेरिकाले नाप्दा सगरमाथाको उचाइ ८ हजार ८ सय ५० मिटर र चीनको मापनमा यसको उचाइ ८ हजार ८ सय ४४ मिटर देखिएको थियो। 

२०७२ सालको भूकम्पपछि सगरमाथाको उचाइमा घटबढ हुनसक्ने अनुमान गरिएको थियो। 

दुई वर्षअघि नापी विभागका तत्कालीन प्रमुख अधिकृत खिमलाल गौतमको नेतृत्वमा सगरमाथा चुचुरोमा पुगेको नेपाली ‘सर्भे’ टोलीले सगरमाथाको उचाइ नापेको थियो। 

तर, चीन त्यो उचाइमा सहमत नभएपछि सगरमाथाको उचाइ सार्वजनिक गरिएको थिएन। 

नेपालले पहिलोपटक आफ्नै स्रोत र साधन प्रयोग गरेर सगरमाथाको नयाँ उचाइ कायम गरेको हो। 

गत वर्ष नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सि चिनफिङ र राष्ट्रपति विद्यादेवी भन्डारीले नेपाल–चीन सिमानामा रहेकाे सगरमाथालाई ‘नेपाल र चीनबीचको मित्रताको प्रतीक’ का रूपमा चित्रण गरेका थिए।

त्यहीबेला नेपाल र चीनबीच सगरमाथाको उचाइ सँगसँगै सार्वजनिक गर्ने सहमति भएको थियो। 

त्यसैको तयारी गरिरहेको नापी विभागलाई मंसिर १० गते बसेको मन्त्रिपरिषद बैठकले उचाइ सार्वजनिक गर्न अनुमति दिएको थियो। 

खासगरी चीनले पनि आफ्नो क्षेत्रतिरबाट सगरमाथाको उचाइ नापिरहेको थियो। उसले चट्टानलाई आधार मानेर सगरमाथाको उचाइ कायम हुनुपर्ने अडान राखेको थियो। 

पछि सगरमाथाको उचाइ ‘हिउँ’ कै आधारमा तय हुने भन्ने नेपालको प्रस्तावमा चीन सहमत भयो। चीनतिर सगरमाथालाई झुमुलङ्गमको नामले चिनिन्छ।

आज सगरमाथाको उचाइ सार्वजनिक हुनुअघि नेपाल र चीनबीच परराष्ट्र मन्त्रालयस्तरीय भिडियो कन्फ्रेन्स भएको थियो। 


One thought on “सगरमाथाकाे उचाइ बढ्याे, अब‌ ८८४८.८६ मिटर 

Leave a Reply

Your email address will not be published.