भक्तपुरमा घट्दै कोरोना संक्रमितको संख्या

भक्तपुरमा घट्दै कोरोना संक्रमितको संख्या

भक्तपुरमा सोमबारसम्म सक्रिय कोरोना संक्रमितको संख्या ८ सय २१ रहेको छ। जसमा ४ सय ३६ पुरुष र ३ सय ८५ महिला रहेका छन्।

भक्तपुर जिल्लामा अहिलेसम्म ७ हजार ५ सय ८६ जनाले कोरोना जितेका छन्। जसमा ३ हजार २ सय ८८ महिला र ४ हजार २ सय ९८ पुरुष रहेका छन्।

हाल होम आइसोलेसनमा ७ सय ५४ जना रहेका छन्। बाँकी ६७ जना अस्पतालमा रहेका छन्।

भक्तपुरमा जम्मा संक्रमितको संख्या भने ८ हजार ५ सय १९ जना पुगेको छ।

भक्तपुर जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले सरकारले कोरोनाको लक्षण भएका व्यक्तिले मात्र पिसिआर परीक्षण गर्नु भनेर निर्णय गरेपछि संक्रमितको संख्या घटेको बताए।

गाह्रो नभएसम्म अस्पताल नजाने र परीक्षण पनि नगराउने भएका कारण समुदायमा अन्यलाई संक्रमण हुने सम्भावना बढेको मिजारले बताए। उनी प्रश्न गर्दै भन्छन्, ‘कोरोना संक्रमितको संख्या घटेर खुसी हुने कि मृत्युदर बढेर दुःखी?’


Leave a Reply

Your email address will not be published.

थप समाचार