दिल्लीका मुख्यमन्त्री केजरीवाललाई नजरबन्दमा राखेको आम आदमीको दाबी

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई नजरबन्दमा राखेको आम आदमीको दाबी

भारतको आम आदमी पार्टीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई गृह मन्त्रालयको आदेशमा घरभित्रै नजरबन्दमा राखिएको आरोप लगाएको छ। 

भारतमा ल्याइएको नयाँ कृषि कानुन फिर्ताको माग गर्दै त्यहाँका किसानले आज घोषणा गरेको भारत बन्दलाई समर्थन गरेको भन्दै गृहको आदेशमा प्रहरीले केजरीवाललाई नजरबन्दमा राखेको आरोप उनको पार्टी आम आदमीले लगाएको छ। 

यता, दिल्ली प्रहरीले भने पार्टीको दाबीलाई झुठो भएको बताएको छ। उसले पार्टी बीच हुन सक्ने टकरावलाई ध्यानमा राख्दै उनको निवास वरपर सामान्य प्रहरी परिचालन गरिएपनि नजरबन्दमा भने नगरिएको बताएको छ।  
 


Leave a Reply

Your email address will not be published.