झापा प्रदर्शनमा १५ हजार उतार्ने कांग्रेसको उद्घोष

झापा प्रदर्शनमा १५ हजार उतार्ने कांग्रेसको उद्घोष

नेपाली कांग्रेस झापाले मंसिर २९ गते हुने जनप्रदर्शनमा १५ हजार कार्यकर्ता सडकमा उतार्ने उद्घोष गरेको छ।

नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारको कार्यकालमा भ्रष्टाचार बढेको, कोरोना कहरमा चरम उदासिनता देखाएको र  कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई धरपकड गरेको भन्दै झापा कांग्रेसले प्रदर्शन गर्न थालेको हो।

‘वर्तमान सरकार जनताको बलिदान र प्राप्त उपलब्धिको रक्षा गर्न एकपछि अर्को गर्दै चुकिरहेको छ,’ पत्रकार भेटघाटमा कांग्रेस झापा सभापति उद्धव थापाले भने, ‘प्रतिपक्षी सालिनतालाई ओली सरकारले कमजोरी सम्झियो, अब सरकारले कांग्रेसको तागत सडकबाट देख्छ।’
 


Leave a Reply

Your email address will not be published.